पहिलो हाफ : रोनाल्डोको गोलमा पोर्चुगललाई १ - ० को अग्रता
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिले पोर्चुगल र मोरक्को खेलिरहेका छन् । खेलको पहिलो हाफ सकिद मोरक्कोविरुद्ध पोर्चुगलले १ - ० को अग्रता बनाएको छ ।
पहिलो हाफको चौथो मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट हेड गोल गरे । जारी विश्वकपमा उनको यो चौथो गोल हो । उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ - ३ गोलको बराबरीमा रोकिएको थियो । मोरक्को इरानसँग १ - ० ले पराजित भएको थियो ।















-1763024272658.jpeg&w=3840&q=75)
