काठमाडौं । इटालियन क्लब इन्टर मिलानले क्यामरुनी गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गरेको छ ।
मिलानले फ्री ट्रान्सफरमा आयाक्सबाट ओनानालाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय गोलकिपरले इन्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
ओनाना साढे ७ वर्ष डच क्लबमा बिताएर इटाली आएका हुन् ।
डच क्लबका लागि उनले २ सय १४ खेल खेलेका छन् ।
ओनानाले क्यामरुनका लागि ३० खेल खेलेका छन् ।
