बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलकुद ऐनको दुई वर्ष पूरा, कार्यान्वयनमा शुन्यता

शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता
खेलकुद ऐनको दुई वर्ष पूरा, कार्यान्वयनमा शुन्यता
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएको दुई वर्ष पुरा भएको छ । समय सापेक्ष खेलकुद विकासका लागि भन्दै सरकारले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्दै नयाँ ऐन कार्यान्वयनमा ल्याएको थियो । 

संघीय संरचना अनुसार ऐन आएको दुई वर्ष बितेपनि यसको कार्यान्वयन हुन सकेको छैन । खेलकुदको जिम्मेवार निकाय युवा तथा खेलकुद मन्त्रालय र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ऐन कार्यान्वनयमा तदारुपता नदेखाउँदा नेपाली खेलकुद कानुनी जटिलता र अन्यौलतामा फसेको छ । 

राखेप सदस्य सचिव टंकलाल घिसिङ तत्कालिन नेतृत्वले यसका बारेमा नसोच्दा ऐन कार्यान्वयन हुन नसकेको बताउँछन् । ‘ऐन कार्यान्वयनमा ढिला सुस्ती भएको हो । तत्कालिन नेतृत्वले किन सोचेन भन्ने कुरा हो ।’ उनले भने, ‘पुनर्बहाली भएर आएको दुई महिनामा मैले गर्न सक्ने कुरा पनि भएन ।’

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले संघीय संरचना अनुसार राष्ट्रिय संघलाई प्रदेश, जिल्ला र स्थानीय तहमा जान निर्देशित गरेको छ । दुई वर्षको समयनै निर्धारण गरेर राष्ट्रिय संघलाई प्रदेश, जिल्ला र स्थानीय तहमा दर्ताका लागि संघीय ऐनले निर्देशित गरेको छ । तर ऐन कार्यान्वयनमा आएको दुई वर्ष बितिसक्दा समेत अधिकांश राष्ट्रिय संघ प्रदेशमा दर्ता भएका छैनन् । 

‘संघहरु दर्ता हुनका लागि कति प्रदेशमा कानुननै छैनन् । कतिपय संघहरु प्रदेशमा दर्ता गर्नका लागि संरचना बनिसकेको छैन । त्यसै कारण ऐन कार्यान्वयनमा कानुनी अन्यौलता र जटिलताहरु छन् ।’ घिसिङले भने, ‘ऐनका कतिपय बुँदा संशोधनका लागि मन्त्रीपरिषद्मा गैसकेका कारण संघको कानुनी हैसियत गुम्ने भन्न मिल्दैन ।’ 

सरकारले ऐनका कतिपय बुँदा तत्काल कार्यान्वयन गर्न नसक्ने भएपछि ऐन संशोधनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लगेको छ । तर त्यसको निर्णय आईसकेको छैन । सरकारले दुई वर्षभित्र प्रदेशमा खेल संघ दर्ता भईसक्ने बुदाँलाई एक वर्ष थप गरि संशोधनका लागि मन्त्रीपरिषदमा पेश गरेको छ । 

तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव रमेश सिलवालको टकरावका कारण ऐन कार्यान्वयन अघि बढ्न सकेन । त्यसपछि खेलकुद मन्त्रालयमा परिवर्तन भईरहेको राजनीतिक नेतृत्वका कारण ऐन कार्यान्वयमा कुनैपनि मन्त्रीले चासो दिएनन् । सरकार परिवर्तन भएसँगै खेलकुद मन्त्रालयमा महेश्वर गहतराज आए । उनी पनि सदस्य सचिव र बोर्ड सदस्यको अदालती झमेलामा फस्दा ऐन कार्यान्वयन र नियमावली बनाउने काम अघि बढ्न सकेको छैन । 

अदालती आदेशसँगै राखेपमा सदस्य सचिवको रुपमा घिसिङ फर्किएका छन् । तर ऐन कार्यान्वयनको तदारुपता राखेपले पनि देखाउन सकेको छैन । दुई वर्ष पुग्ने केही साता अघि मात्र सुचना जारी गर्दै राखेपले प्रदेश कानुन अनुसार संघ दर्ता गर्न आह्वान गरेको थियो । र प्रदेश खेलकुद विकास परिषद्लाई पत्र लेख्दै सहजीकरण गरिदिन अनुरोध गरेको थियो । तरपनि अधिकांश संघ प्रदेश र स्थानीय तहमा गएका छैनन् । 

खेलकुद मन्त्रालयले ऐन कार्यान्वनयका लागि तयार गरेको नियमावली कानुन मन्त्रालयमा अड्किएर बसेको छ । नियमावली नहुदाँ ऐन कार्यान्वनयमा राखेप र मन्त्रालयलाई समस्या परेको छ । कानुन मन्त्रालयबाट आएपछि ऐनलाई मन्त्रीपरिषद्मा लैजाने युवा तथा खेलकुद मन्त्रालयको तयारी छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विभिन्न कारणले ऐन समयमै कार्यान्वनयन गर्न नसकिएको बताउँछन् । ‘ऐनले निर्देशित गरे अनुसार समयमै गर्नुपर्ने काम हुन सकेको छैन । यसले कानुनी अन्यौलता देखिन्छ ।’ उनले भने, ‘अब राष्ट्रिय संघ सहित सबैसँग बसेर कसरी अघि जाने भन्ने सन्दर्भमा छलफल गर्नेछु ।’ 
 

Bajaj Pulsar Motorcycle Ad
#खेलकुद ऐन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि