दीपक प्याली अफ चाम्बाको विजेता

काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको नाम्बामा आयोजित 'प्याली अफ चाम्बा' को एक्स्ट्रिम (मोटो) २०२२' को विजेता बनेका छन् ।
गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर बालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो न्याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु हिवलरका साथै फोर हिवलर गाडी समेत सहभागी थिए।
दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो। सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरहरुले पार गरेका थिए। यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दरी १६७ किलोमिटर थियो ।
ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको स्याटागोरीमा सहभागी भएका थिए। यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए। यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए। सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)

-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


