मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 

मंगलबार, १४ असार २०७९खेलपाटी संवाददाता
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
Loading ad...
mustang rice ad

काठमाडौं । सरकार परिवर्तनसँगै १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि पाकिस्तान सक्रिय देखिएको छ । कोभिडका कारण गतवर्ष प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको पाकिस्तानले सरकार परिवर्तन भएसँगै साग खेलकुद आयोजनालाई लिएर सक्रियता बढाएको हो । 

पाकिस्तान ओलम्पिक कमिटीको इमरान खान नेतृत्वको सरकारसँग सम्बन्ध राम्रो नभएका कारण प्रतियोगिता आयोजनाले गति लिन सकेको थिएन । खान नेतृत्वको सरकार परिवर्तन भएसँगै पाकिस्तान ओलम्पिक कमिटीले साग खेलकुदमा सक्रियता बढाएको छ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठले साग खेलकुद आयोजनाका लागि पाकिस्तान ओलम्पिक कमिटीले सक्रियता बढाएको बताउँछन् । ‘सरकार परिर्वतन भएसँगै पाकिस्तानको ओलम्पिक कमिटीको सक्रियाता बढेको छ । प्राय शान्त रहेका पदाधिकारी नयाँ सरकार आएसँगै प्रतियोगिताको आयोजनालाई लिएर संवादलाई तिव्रता दिएका छन् ।’ उनले खेलपाटीसँग भने ।

सोमबार मात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बसेको थियो । बैठकले प्रतियोगितामा समावेश हुने खेल र नयाँ मितिको सन्दर्भमा छलफल गरेको छ । 

नेपालमा आयोजना भएका २८ खेलमा तीन खेल थपेर आयोजक राष्ट्र पाकिस्तानले छलफललाई अघि बढाएको छ । पाकिस्तानले १४ औं सागमा रग्बी, बेसवल, जिन्म्याष्टिक गरि तीन खेललाई प्रतियोगितामा समावेश गर्न प्रस्ताव गरेको छ । 

‘सहभागी देशले छलफल गरेर प्रस्तावको टुङ्गोमा पुग्ने निर्णय भएको छ । सम्बन्धित खेलमा कम्तिमा चार देशले खेल्नुपर्ने भएकाले टुङ्गो लाग्न बाँकी छ । दुई दिनमा छलफल गरेर सबै देशले टुङ्गो लगाउने सहमती बनेको छ ।’ एनओसीका महासचिव श्रेष्ठले भने । 

पाकिस्तानको सरकार र त्यहाँको ओलम्पिक कमिटीको दुरीका कारण साग खेलकुदको आयोजना अन्यौलमा परेको थियो । पाकिस्तानको खेलकुद क्षेत्र सरकारी हस्तक्षपका कारण समस्या छ । फिफाले पाकिस्तानको फुटबललाई प्रतिबन्ध लगाएको छ भने पाकिस्तानी ओलम्पिक कमिटीले जुडो, साइक्लिङ र एथलेटिक्स खेललाई निलम्बन गरेको छ ।

पाकिस्तानमा साग खेलकुद आयोजनामा अन्यौलता देखिएपछि दक्षिण एसियाली देशका ओलम्पिक कमिटीबीच अन्य देशमा प्रतियोगिता आयोजना गर्ने गरि छलफल अघि बढेको थियो । बंगलादेशलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी लिन सागका ओलम्पिक कमिटीका सदस्यले लबिङ गर्न सुरु गरेका थिए । 

पाकिस्तानले सन् २०२३ को मार्चमा साग खेलकुद आयोजनाको मिति प्रस्ताव गरेको थियो । तर देश निर्वाचनमा जान लागेका कारण मार्चको समय परिवर्तन हुन सक्ने पाकिस्तानी अधिकारीले सागको बैठकमा जानकारी गराएका छन् । उनीहरु अक्टोबरमा साग खेलकुद आयोजनाका लागि आफुहरु तयार रहेको संकेत गरेका छन् । तर आसन्न एसियन गेम्स समेत सेप्टेम्बर, अक्टोबरमाको मितिमा आयोजना गर्ने गरि तयारी अघि बढिरहदाँ साग खेलकुद प्रभावित हुने दक्षिण एसियाली ओलम्पिक कमिटीका सदस्य राष्ट्रको भनाई छ । 

‘एसियन गेम्सको तीन महिना अघि साग खेलकुद आयोजना गर्न सकेको खण्डमा सोही खेलनै एसियन गेम्सका लागि छनोट प्रतियोगिता पनि हुने र तयारीपनि राम्रो हुने सुझाव राखेका छौं । हप्ता, १० दिनमा साग खेलकुदको मितिको विषयमा समेत टुङ्गो लाग्नेछ ।’ श्रेष्ठले भने । 

Loading ad...
LiNing Ad
#साग खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही