• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
'तत्काल नेपाल आउने अवस्था छैन'
खेलपाटी संवाददाता
आइतबार, असार १२, २०७९ खेलपाटी संवाददाता
'तत्काल नेपाल आउने अवस्था छैन'

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको छ । नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अलुमताईरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको हो । 

एन्फा कार्यसमितिले खेलाडी प्रशिक्षक विवादको छानविन प्रतिवेदन अनुसार प्रशिक्षकको सन्दर्भमा कतार फुटबल संघसग समन्वय गरि प्रतिवेदन कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिएको थियो । सोही अनुसार सचिवालय प्रमुख तथा महासचिव किरण राईले मुख्य प्रशिक्षकसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेका हुन् । 
एन्फाको प्रवक्ताको जिम्मेवारी समेत पाएका महासचिव किरण राईले प्रशिक्षकसँग सम्पर्क भएको र कुराकानी अघि बढेको खेलपाटीलाई बताए । 

‘प्रशिक्षकसंग सम्पर्क भएर कुराकानी भएको छ । उहाँले आफु स्वास्थ्य उपचारको क्रममा रहेको बताउनुभएको छ । नेपाल आउने समय लाग्ने जानकारी गराउनुभएको छ ।’ राईले भने, ‘उहाँ नेपाल आएपछि त्रिपक्षिय सम्झौता हेरेर, सबैसँग छलफल गरेर निष्कर्शमा पुग्नेछौं ।’ 

‘प्रारम्भिक छलफल भएको छ । तत्काल नेपाल आउन सक्ने अवस्था छैन भन्नु भएको छ ।’ राईले भने, ‘उहाँलाई निरन्तरता दिने÷नदिने भन्ने टुङ्गोमा पुगिएको छैन । प्रशिक्षकको विषय त्रिपक्षिय रहेकाले नेपाल फर्किएपछि सबैजना सँगै बसेर टुङ्गोमा पुग्नुपर्नेछ ।’ 

एन्फामा नयाँ नेतृत्व आउने वित्तिकै प्रशिक्षक अलमुताईरीले नेपाल नफर्कने संकेत गर्दै ‘स्टोरी’ सेयर गरेका थिए । शनिबार भने उनले विश्वकप २०२६, एसियन कप २०२७ छनोट र साफ कप २०२३ अर्को लक्ष्य रहेको भन्दै ‘स्टोरी सेयर’ गरे । पछिल्लो ‘स्टोरी’ले नेपाली टिमको जिम्मेवारीलाई निरन्तरता दिन अलमुताईरी इच्छुक रहेको देखिएको छ ।   
अलमुताईरीसँग सम्पर्क गर्दै महासचिव राईले ‘कोचिङ प्लान’ माग गरेका थिए । अलमुताईरीले समेत सेप्टेम्बरसम्मको कोचिङ प्लान एन्फालाई पठाएका छन् । 

प्रशिक्षणको व्यवस्थापनको विषयलाई लिएर अलमुताईरी र सिनियर १० खेलाडीबीच विवाद उत्पन्न भएको थियो । प्रशिक्षक अलमुताईरीले उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । 
घटनाबारे छानविन गर्न गठित कार्यदलले प्रशिक्षकले एकलौटी र स्वेच्छाचारी रुपमा काम गर्ने प्रवृत्ति बढ्दै गएको हुदाँ ‘चेन अफ कमान्ड’ अनुसार काम गर्न निर्देशित गरेको थियो । 

कार्यदलले प्रशिक्षकको स्वास्थ्य र मानसिक अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद र सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणीले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको उल्लेख गर्दै एसिया कप छनोटपछि कतार एफएसँग सहमती कायम गरेर प्रशिक्षकको विकल्प खोज्न सिफारिस गरेको थियो । 

एसिया कप छनोट लगत्तै एन्फामा नयाँ नेतृत्व आएको छ । तर नयाँ नेतृत्वले राष्ट्रिय टिमबाट बाहिर निकालिएका खेलाडीलाई स-सम्मान प्रशिक्षणमा फिर्ता बोलाउँदै प्रतिवेदन अनुसार प्रशिक्षकको हकमा प्रशिक्षक, कतार फुटबल संघसंग समन्वय गरि कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिएको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP