रोनाल्डोको गोल, पोर्चुगललाई अग्रता
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप अन्तर्गत मोरक्कोविरुद्धको खेलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको छ ।
पहिलो हाफको चौथो मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट हेड गोल गरे । जारी विश्वकपमा उनको यो चौथो गोल हो । उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ - ३ गोलको बराबरीमा रोकिएको थियो । मोरक्को इरानसँग १ - ० ले पराजित भएको थियो ।















-1763024272658.jpeg&w=3840&q=75)
