मिनामिनो मोनाकोमा अनुबन्ध हुने
बुधबार, ०८ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित हुने भएका छन् ।
इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मोनाकोलाई मिनामिनो बेच्न सहमत भएका छन् ।
२७ वर्षीय मिडफिल्डर अनुबन्धका लागि मोनाकोसहित उल्भ्स, फुलहम र साउथह्याम्पटनले चासो देखाएको थियो ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए ।
उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।
मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।
गत सिजन उनले ११ प्रिमियर लिग खेल खेलेका थिए ।
मिनामिनो मोनाकोमा अनुबन्ध हुने















