मारियो गोट्जे बुन्डेसलिगा फर्किए
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका पूर्व अट्याकीङ मिडफिल्डर मारियो गोट्जे जर्मन क्लब फ्रान्कफुर्टमा अनुबन्धित भएका छन् ।
बुन्डेसलिगा क्लब फ्रान्कफुर्टले गोट्जेलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रान्कफुर्टले उनलाई डच क्लब पीएसभीबाट अनुबन्ध गरेको हो ।
३० वर्षीय गोट्जेले फ्रान्कफुर्टसँग ३ वर्षको सम्झौता गरेका छन्।
गोट्जे २ वर्षपछि जर्मन क्लब फर्किएका हुन् ।
उनी २०२० मा बोरुसिया डर्टमण्डबाट पीएसभी गएका थिए ।
उनले २०१३ देखि २०१६ सम्म बायर्न म्युनिखबाट खेलेका थिए ।
गोट्जेले जर्मनीबाट ६३ खेल खेलेका छन् । उनले सन् २०१४ को विश्वकपमा जर्मनीलाई उपाधि जिताउन विजयी गोल गरेका थिए ।
मारियो गोट्जे बुन्डेसलिगा फर्किए













-1763024272658.jpeg&w=3840&q=75)