मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

शेर्पा समूहको नेतृत्व कुमारले गर्ने 

मंगलबार, असार ७, २०७९खेलपाटी संवाददाता
शेर्पा समूहको नेतृत्व कुमारले गर्ने 
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्व चयनमा कर्माछिरिङ शेर्पा पराजित भएपछि सो समुहको नेतृत्व दिर्घबहादुर केसी (कुमार)ले गर्ने भएका छन् । 

आफ्नो समुहबाट निर्वाचित कार्यसमिति सदस्यलाई मंगलबार बिहान भेट गर्दै निवर्तमान अध्यक्ष शेर्पाले स्वागत तथा शुभकामना दिएका थिए । उनले नेतृत्वमा आफु पराजित भएपछि समुहको नेतृत्व कुमारले गर्ने बताए । 

निर्वाचितमा पराजित भएपछि शेर्पाले आफु फुटबलबाट टाढा नरहने तथा खराब राजनीतिमा आफु संलग्न नहुने धारणा राखेका थिए ।

सोमबार सम्पन्न एन्फा निर्वाचनमा पदाधिकारीमा शेर्पा समुहबाट कुमारमात्र उपाध्यक्षमा निर्वाचित भएका थिए । चार उपाध्यक्षका लागि भएको निर्वाचनमा शेर्पा समुहबाट कुमारमात्र निर्वाचित भए । अध्यक्षमा शेर्पा पंकजबिक्रम नेम्वाङसँग पराजित हुँदा वरिष्ठ उपाध्यक्षमा शेर्पा समुहका शिक्षित पराजुलीलाई वीरबहादुर खड्काले हराए । 

चार उपाध्यक्षमध्य नेम्वाङ समुहबाट दावा लामा, दिपक खतिवडा र विराजजंग शाही निर्वाचित भएका थिए । शेर्पा समुहका कुमार चौथो स्थानमा रहँदै उपाध्यक्षमा निर्वाचित भए । उपाध्यक्षमा नेम्वाङ समुहका सुन्दर नरसिंह जोशी र शेर्पा समुहबाट उपेन्द्रमान सिंह, बिज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठ पराजित भएका थिए । 

‘चुनावमा पराजित भएपनि फुटबलको एजेण्डामा निरन्तर लाग्नेछौं । उपाध्यक्षको हैसियतले कुमारले हाम्रो समुहको नेतृत्व गर्नुहुनेछ ।’ शेर्पाको भनाई उद्धित गर्दै नवनिर्वाचित केन्द्रिय सदस्य टिका लामाले भने ।

शेर्पा प्यानलबाट केन्द्रिय सदस्यमा मनिष जोशी, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरतबुढ क्षेत्री र पेमा डोल्पा शेर्पा निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमितिमा शेर्पा प्यानलबाट उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् । दुई केन्द्रिय सदस्यमा चार जनाको मत बराबर आएको छ । जसमा तीन जना शेर्पा पक्षका छन् । एन्फाको अर्को साधारण सभाले ती दुई केन्द्रिय सदस्यको टुङ्गो लगाउनेछ । 

‘पूर्व अध्यक्ष शेर्पाले राम्रो काममा नेतृत्वलाई सहयोग गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नराम्रो कामलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।’ लामाले भने । 

नेतृत्व गुमाएसंगै संस्थापन पक्षले जिल्लामा आफुहरुलाई पेल्न सक्ने भन्दै सदस्य जिल्लाले शेर्पासँग चासो राखेका थिए । जवाफमा शेर्पाले नेतृत्वको कार्यशैली हेरेर रणनीति बनाउनुपर्ने धारणा राखेका थिए । 

एन्फाको पछिल्लो निर्वाचनमा तीन समूह प्रस्ट रुपमा देखिएका छन् । पछिल्लो चुनावले शेर्पा र नेम्वाङ समुहसँगै पूर्व अध्यक्ष गणेश थापाको समूह फुटबल राजनीतिमा शक्तिशाली बनेर फर्किएको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#शेर्पा समूहको नेतृत्व कुमार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति