काठमाडौं । प्रिमियर लिग क्लब वेस्ट ह्यामले डिफेन्डर नायफ अगुएर्डलाई अनुबन्ध गरेको छ ।
मोरक्कोका डिफेन्डरलाई वेस्ट ह्यामले फ्रेन्च क्लब रेनसबाट अनुबन्ध गरेको हो ।
वेस्ट ह्यामले ३० मिलियन पाउण्डमा उनलाई क्लब भित्र्याएको हो ।
२६ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेको छ ।
अगुएर्डले रेनसका लागि ६६ खेल खेलेका थिए । जसमा ५ गोल र ३ असिस्ट रहेको छ ।
उनी २०२० मा डिजोनबाट रेनस आएका थिए ।
मोरक्कोका लागि उनले २५ खेल खेलेका छन् ।
