काठमाडौं । वेल्स फुटबल टिमका मुख्य प्रशिक्षक रायन गिग्सले राजीनामा दिएका छन् ।
रायनले सोमबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
रायनले राजिनामा दिएपछि वेल्सले रोबर्ट पेजलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी रायन २०१८ मा वेल्सको मुख्य प्रशिक्षक चयन भएका थिए ।
पछिल्लो समय ४८ वर्षीय प्रशिक्षक विवादमा पर्दै आएका छन् ।
२०२० मा आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा रायन पक्राउ परेका थिए ।