काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई सार्वजनिक गरेको छ ।
रियलले सोमबार सेन्टरब्याक रुडिगरलाई सार्वजनिक गरेको हो ।
यस्तै रियलले उनलाई २२ नम्बरको जर्सी दिएको छ ।
रियलले इंग्लिस क्लब चेल्सीबाट रुडिगरलाई अनुबन्ध गरेको हो ।
२९ वर्षीय डिफेन्डरले रियलसँग ४ वर्षको सम्झौता गरेका छन् ।

रुडिगरको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिएको थियो ।
रुडिगर सन् २०१७ मा रोमाबाट चेल्सी आएका थिए ।
रुडिगरले चेल्सीका लागि च्याम्पियन्स लिग, युरोपा लिग, एफए कप, सुपर कप र फिफा क्लब विश्वकप गरि ५ उपाधि जितेका थिए ।
चेल्सीका लागि उनले यस सिजन ४४ खेल खेलेका थिए ।