काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएपछि अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।
कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेम्बाङ निर्वाचित भएपछि सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् ।
यद्दपी उनले उक्त स्टोरी हटाइसकेका छन् ।
एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताईरी छनोटपछि कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी कुवेतमै बसेका हुन् ।
गत वर्षको साउनमा अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछि उनी विवादमा तानिएका थिए । तर, उनले राजीनामा दिएका थिएनन् ।
यस्तै अलमुताईरी र खेलाडीबीच पछिल्लो समय विवाद रहेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
