काठमाडौं । इंग्लिस क्लब लिभरपुलले १८ वर्षीय डिफेन्डर काल्भिन रामसे अनुबन्ध गरेको छ ।
लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गरेको हो ।
लिभरपुलले रामसेसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनले लिभरपुलमा २२ नम्बरको जर्सी लगाउने छन् ।
लिभरपुलले यस समरमा तेस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।
यस अघि लिभरपुलले युवा फरवार्ड डार्विन नुनेज र फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको गरिसकेको छ ।
रामसेले गत सिजन ३३ खेल खेलेका थिए ।
उनले स्कटल्याण्डको यू-२१ टोलीबाट खेलिसकेका छन् ।