बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 

आइतबार, ०५ असार २०७९खेलपाटी संवाददाता
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । जिल्लाको फुटबलमा लामो समय काम गरेका पात्र हुन्, भोजराज शाही । पश्चिम नेपालको बाँके जिल्लाको फुटबलमा विगत २५ वर्षदेखि काम गर्दै आएका शाहीले यस पटक एन्फाको केन्द्रिय सदस्य बन्ने इच्छा गरेका छन् । लामो समय मोफसलको फुटबलमा सेवा गरेर बिताएका भोजराज समग्र पश्चिम क्षेत्रको फुटबलको विकासमा योगदान गर्न केन्द्रमा आउन लागेको बताउँछन् । 

नेपाली फुटबलमा पूर्वको छुट्टै प्रभाव छ । राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहार पूर्वकै जिल्लाबाट आएका छन् । भौगोलिक हिसाबले पश्चिमको फुटबल पनि बलियो बनाउँदै राष्ट्रलाई योगदान गर्नुपर्ने धारणा राख्छन्, भोजराज । 
‘पश्चिम नेपालको फुटबलसँगै नेपाली फुटबलको व्यवस्थापन पक्ष कमजोर हुँदै गएको छ । नेतृत्व इमानदार भएर व्यवस्थापन पक्षलाई बलियो बनाउँदै फुटबलको विकासमा लाग्नु पर्नेछ ।’ उनी भन्छन् । 

फुटबल विकासमा सक्रिय भएर साढे दुई दशक बिताएका शाही पश्चिम नेपालको फुटबलले फड्को मार्ने दिन आएको बताउँछन् । पश्चिममा फुटबलको लोकप्रियता बढाउँदै फुटबलको स्तर र पुर्वाधार निर्माण गर्ने लक्ष्य आफुले लिएको उनको कथन छ । 

‘पछिल्लो समय देशले सामना गरेको कोरोना, भुकम्प जस्ता घटनापछि अब फुटबलले नयाँ गतिका साथ काम गर्नु पर्ने समय आएको छ ।’ उनले भने, ‘पछिल्ला केहि वर्ष हामी सबैका लागि त्यति सुख रहेन । तर अब समय आएको छ । विगतमा गर्न नसकेको कुरा प्राप्त गर्नको लागि तिव्र गतिमा फुटबल विकासको गतिलाई पछ्याउनु पर्नेछ । स्रोत, साधन र प्राविधिक पक्षमा पनि सुधार गर्न जरुरी छ ।’

बाँके जिल्लामा नेपालगन्ज गोल्ड कप, ग्रास रुट कार्यक्रम र पुर्वाधार विकास क्षेत्रमा शाहीले नेतृत्वदायी भुमिका खेलेका छन् । २५ वर्षदेखि उनले बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा बसेर फुटबल विकासमा योगदान गरेका छन् । शाही अध्यक्ष रहेको ओशोनिक क्लब बाँकेमा प्रतिभावान महिला खेलाडी उत्पादन गर्ने क्लबका रुपमा चिनिन्छ । जसले उत्पादन गरेका खेलाडीहरुले नेपाली महिला फुटबल टिमबाट खेलिसकेका छन् । 

‘पश्चिम क्षेत्रमा फुटबलको राम्रो सम्भावना भएपनि त्यसलाई सदुपयोग गर्न सकिएन ।’ उनले भने, ‘हामी सबै कुरामा निपुर्ण छैनौं । फुटबलको वातावरण निर्माणका लागि जनतामा फुटबलको बारेमा सकारात्मक कुरा बुझाउन जरुरी छ । अर्को कुरा पश्चिम क्षेत्रमा हामीले सोचे जस्तो फुटबलको विकास गर्न सकेका छैनौं । थुपै्र समस्याको हामीले सामना गरिरहेका छौं । अब सबै चुनौतिलाई पन्छाउँदै अरुको अनुभव र आफनो योजना सहित काम गर्ने लक्ष्य छ ।’
 

Loading ad...
LiNing Ad
#भोजराज शाही

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट