काठमाडौं । इंग्लिस क्लब आर्सनलका स्ट्राइकर एडी एनकेटियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
आर्सनलले शनिबार स्ट्राइकर एडीले थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब २३ वर्षीय स्ट्राइकर २०२७ सम्म आर्सनलमा रहने छन् ।
इंग्ल्यान्डका स्ट्राइकर एडीले २०१७ मा आर्सनलको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
एडीले आर्सनलका लागि ९२ खेलमा २३ गोल गरिसकेका छन् ।
यस्तै आर्सनलले उनलाई १४ नम्बरको जर्सी दिएको छ ।
अघिल्लो सिजन उनले ३० नम्बरको जर्सी प्रयोग गरेका थिए ।
