काठमाडौं । वेस्ट ह्यामका मिडफिल्डर डिक्लन राइसलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।
यूईएफएले शनिबार मिडफिल्डर राइसलाई युरोपियन फुटबलमा दुई खेलको प्रतिबन्ध लगाएको हो ।
युरोपा लिगको सेमिफाइनल अन्तर्गत फ्रान्कफर्टविरुद्धको खेलपछि रेफ्रीविरुद्ध कमेन्ट गरेको कारण उनलाई दुई वर्षको प्रतिबन्ध लागेको हो ।
जर्मन क्लबसँग १-० ले पराजित भएपछि राइसले रेफ्रीले घुस खाएको आरोप लगाएका थिए ।
खेलमा पराजित भएपछि राइस निकै रिसाएका थिए । उनी रेफ्रीविरुद्ध दुर्व्यवहारमा सामेल भएको समेत बताईएको छ ।
राइसले अब अगस्टमा हुने युरोपा कन्फरेस लिगको प्ले अफ खेल गुमाउने छन् ।