काठमाडौं । स्पेनिस मिडफिल्डर सेस फेब्रिगासले फ्रेन्च क्लब मोनाको छाडेका छन् ।
फ्रेन्च लिग वान क्लब मोनाकोले शनिबार फेब्रिगासले क्लब छाडेको जनाएको छ ।
३५ वर्षीय मिडफिल्डरले साढे तीन वर्ष मोनाकोमा बिताएर क्लब छाडेका हुन् ।
फेब्रिगास २०१९ मा प्रिमियर लिग क्लब चेल्सीबाट मोनाको आएका थिए ।
फेब्रिगासले मोनाकोका लागि ५४ खेलमा ३ गोल गरेका थिए ।
चेल्सी अघि उनले आर्सनल र बार्सिलोनाबाट खेलेका थिए ।