काठमाडौं । प्रिमियर लिग क्लब साउथह्याम्पटनले गोलकिपर गाभिन बाजुनुलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले म्यानचेस्टर सिटीबाट गोलकिपर गाभिनलाई अनुबन्ध गरेको हो ।
२० वर्षीय गोलकिपरले साउथह्याम्पटनसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले पोर्ट्समाउथबाट लोनमा खेलेका थिए ।
यस्तै साउथह्याम्पटनले अर्का गोलकिपर माटिउस लिसलाई पनि अनुबन्ध गरेको छ ।
२५ वर्षीय पोलिस गोलकिपरलाई साउथह्याम्पटनले टर्किस क्लब अल्टायबाट अनुबन्ध गरेको हो ।