मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

'फुटबललाई ट्रयाकमा राख्यौ, अब नतिजा निकाल्छौं'

शुक्रबार, ०३ असार २०७९हेम राज हमाल
'फुटबललाई ट्रयाकमा राख्यौ, अब नतिजा निकाल्छौं'

एन्फा उपाध्यक्षका प्रत्यासी उपेन्द्रमान सिंह । फोटो : खेलपाटी ।

mustang rice ad

काठमाडौं । देशको खेलकुद र राजनीति पर्याय जस्तै भए । खेलकुदमा राजनीति हाबी भयो । त्यसैले दलका नेता खेलकुदमा हाबी भए । यदी खेलकुद बिशुद्ध हुन्थ्यो त यसका नेता खेलाडी हुन्थे । 

फुटबल संघ चुनावी संघारमा छ । फुटबलमा पनि राजनीतिनै हाबी छ । त्यसैले दलका धेरै नेता कार्यकर्ता फुटबल संघको नेतृत्वको दौडमा छन् । यदी फुटबलमा पनि राजनीति कम हुन्थ्यो त यसको नेतृत्व खेलाडीले गरिरहेका हुन्थे । 
फुटबलमा यदी खेलाडीको नेतृत्व स्थापित हुन्छ भने ढिलो चाँडो आउने नाम उपेन्द्रमान सिंहको हो । उपेन्द्र एन्फाका उपाध्यक्ष हुन् । उनी फेरी उपाध्यक्षमै दोहरिने दौडमा छन् । चार वर्ष उपाध्यक्षको रुपमा उपेन्द्रले एन्फामा बिताए । राजनीतिक शक्ति संघर्षमा उनी शान्त प्राय रहे । जति विवादहरु आए, टाढै बसे । राजनीति उनको रुचीको विषय हैन । तर राजनीतिले उनलाई कहाँ छोड्छ र ? 

कर्माछिरिङ शेर्पाको प्यानलबाट उपेन्द्र सहित पंकज नेम्वाङ, वीरबहादुर खड्का र कृष्ण थापाले अघिल्लो पटक उपाध्यक्षमा चुनाव जितेका थिए । अन्तिमसम्म आइपुग्दा शेर्पासंग उपेन्द्र मात्र साथमा रहे । कार्यकालको चार वर्ष उपेन्द्रले प्राविधिक विभागको जिम्मेवारी लिएर काम गरे । अन्तराष्ट्रिय स्तरमा सफल खेलाडी थिए । त्यही प्राविधिक ज्ञान नेपाली फुटबलमा प्रयोग गरे । 

‘हामी आउँदा फुटबलको कुनै संरचना थिए । नेतृत्वमा आएपछि सल्लाह गरेर ८ विभाग गठन गरेर संरचना तयार गर्यौ ।’ उपेन्द्र भन्छन्, ‘त्यही अनुसार डाइरेक्टर राख्यौ । त्यसको तल हेड राख्यौ । अहिले सबै विभागको रणनीतिक योजना सहित काम गरिरहेका छौ ।’

उपेन्द्रले काम गरेर ग्रासरुट कार्यक्रममा हो । धेरैले ग्रासरुट कार्यक्रम लगानी अनुसारको प्रतिफल नआएको गुनासो गर्छन् । उपेन्द्रपनि त्यसलाई स्विकार गर्छन्, ‘ग्रासरुटले देशभर माहोल सिर्जना त भयो तर त्यसलाई व्यवस्थित गर्न सकिएन । अब त्यसलाई व्यवस्थित गर्नेनै योजना हो ।’ 

नेपाली फुटबलमा प्राविधिक जनशक्तिनै अभाव छ । दक्ष प्राविधिक जनशक्तिनै नभएपछि फुटबल पनि बन्ने भएन । उपेन्द्रमान भने प्रशिक्षक, रेफ्री उत्पादन र प्रशिक्षणमा पछिल्लो चार वर्षमा धेरै काम गरेको दाबी गर्छन ।

‘एएफसीको बी लाइसन्स सम्मको कन्भेन्सन प्राप्त गर्न सफल भैयो । ग्रासरुटमा सहभागीता र संख्याका हिसाबले ‘ब्रोन्ज’ मेडल प्राप्त भयो । यो सामान्य सफलता हैन । मैदानभित्र पुरुष, महिला र युथ टिमले प्राप्त गरेको सफलतामा ‘टेक्निकल डिपार्ट’ले निकै मेहनत गरेको छ ।’ उनी भन्छन्, ‘फुटबललाई ट्रयाकमा राख्ने काम गरेका छौं । अब व्यवस्थित र नतिजामुखी काम गर्न बाँकी छ ।’ 

‘ग्रासरुटलाई नतिजामुखी बनाउने र ग्रासरुटबाट उमेर समुहको एकेडेमीमा जोड्नुपर्ने काम छ । अब क्लबमात्र हैन, प्रदेश स्तरमा पनि ग्रासरुट सञ्चालन गर्न दिने योजना छ ।’ 

एन्फामाथि लाग्ने आरोप भनेको फुटबलमा राजनीति गर्ने मान्छे धेरै भए । फुटबल बुझेको मान्छेनै भएनन् । उपेन्द्र तीनै औलामा गनिने ‘टेक्निकल म्यान’को रुपमा एन्फामा चार वर्ष बिताए । 

‘उपाध्यक्षको हिसाबले प्राप्त जिम्मेवारी इमान्दारीताका साथ पुरा गरे । योजनाहरु बनाए, त्यसको कार्यान्वयन गरे । यस दौरान फुटबलको राजनीति बुझ्न पनि मलाई सहयोग गर्यो । अब जिम्मेवारी पाएको खण्डमा फुटबल विकासको राजनीतिलाई एन्फामा लागु गर्न प्रयास गर्नेछु ।’ उनी भन्छन् । 

फुटबलमा उपेन्द्रलाई कहिल्यै फर्किएर हेर्न परेन । एसएलसी सक्ने बित्तिकै उनी यू–१६ राष्ट्रिय टिममा छनोट भएका थिए । लगत्तै उनी राष्ट्रिय टिममा परिहाले । प्लेइङ सेटकै खेलाडी बने । सन् १९९३ मा उनले पेनाल्टी रोक्दै नेपाललाई साग फुटबलको उपाधि दिलाएका थिए । त्यसपछि उनको व्यवसायीक फुटबल यात्रा देशभन्दा विदेशमै भयो । भारत, चीन, बंगलादेश हुँदै थाइल्याण्ड लगायतका देशका उनले व्यवसायीक फुटबल खेले । 

सन् २००२ मा फुटबल बुट थन्काएर उनले कोचिङ कयियर सुरु गरेका थिए । त्यो समय नेपालमा गोलकिपर कोच भन्ने हुन्थेन । आफै हेरेर सिक्नपर्ने बाध्यता खेलाडीलाई थियो । त्यही ग्यापमा उनले गोलकिपरको कोचिङ गरे । राष्ट्रिय टिमको जिम्मेवारीमा आए । विकास मल्ल, रितेश थापादेखि किरण चेम्जोङ उनकै उत्पादन हुन् । 

उनले क्लब फुटबलमा समेत मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेर काम गरे । कोचिङसँगै उनले मध्यपुरमा फुटबल क्लब गठन गरेर सँंगसँगै अघि बढाए । मध्यपुर अहिले नियमित घरेलु फुटबलको डिभिजन लिग खेल्छ । क्लबको जिम्मेवारीमा रहेका उपेन्द्रलाई नतिजका सहकर्मीले फुटबल संघकै व्यवस्थापनमा जान सल्लाह दिए । टेक्निकल मान्छे लिडर बन्नुपर्ने राय राखे । उपेन्द्रले त्यही बाटो अनुशरण गरे । 

एन्फाभित्रको नेतृत्व परिवर्तनसँगै उनीपनि फुटबल संघको उपाध्यक्षको जिम्मेवारीमा आए । चार वर्षे कार्यकाल काम गरेरै पुरा गरे । अध्यक्षको विश्वास जिते । त्यही विश्वासले उनी शेर्पा प्यानलबाट उपाध्यक्षको प्रत्यासी बनेका छन् । अब समग्र फुटबलको नेतृत्व लिने योजना सहित उनी दोस्रो पटक चुनावी मैदानमा छन् । फुटबलमा कहिल्यै पछाडी फर्किएर हेर्न नपरेका उपेन्द्रको बाँकी कथा अब असार ६ पछि लेखिनेछ । 
 

LiNing Ad
#उपेन्द्रमान सिंह

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल