मैदान फर्किन तयार एलिसन
-1763772456514.webp&w=3840&q=75)
काठमाडौं। लिभरपुलका मुख्य गोलकिपर एलिसन बेकर आठ खेलको विश्रामपछि टोलीमा फर्किन तयार भएका छन्।
ह्यामस्ट्रिङ चोटका कारण लामो समय बाहिर रहेका उनले शनिबार नटिंघम फरेस्टविरुद्धको खेलमा सुरुआत गर्ने संकेत प्रशिक्षक आर्ने स्लोटले दिएका छन्।
तर जर्मन प्लेमेकर फ्लोरियन विर्ट्ज र नर्थर्न आयरल्यान्डका राइट–ब्याक कोनोर ब्राडली भने उपलब्ध रहने छैनन्। दुवै खेलाडी हालैको अन्तर्राष्ट्रिय खेल दौरान ‘मसल इस्यू’बाट प्रभावित भएको प्रशिक्षक स्लोटले बताएका छन्।
बेकरले सेप्टेम्बर ३० मा गालाटासारेविरुद्धको च्याम्पियन्स लिग खेलको दोस्रो हाफमा ह्यामस्ट्रिङ चोट बोकेका थिए। त्यसयता उनले खेलेका छैनन्।
‘गत हप्ता र यस हप्ता पूरा प्रशिक्षण गरेका छन्। यदि आजको सेसन राम्रो भयो भने भोलि खेल्न सक्षम हुनेछ,’ प्रशिक्षक स्लोटले शुक्रबार स्पष्ट पारे।
उनको अनुपस्थितिमा जियोर्जी मामारदाशभिली गोलपोस्टमा थिए। बेकर पछिल्ला दुई सिजनमै ह्यामस्ट्रिङका कारण लामो समय बाहिर बस्नुपरेको थियो। गत सिजन उनी करिब दुई महिनाभन्दा बढी मैदान बाहिर रहेका थिए।











-1763733911749.jpg&w=3840&q=75)

