नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन
शनिबार, ०६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल महिला कबड्डी विश्वकप–२०२५ को समूह चरणबाटै बाहिरिएको छ।
बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताको पुल ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा इरानसँग नेपाल ३९–११ ले पराजित भएको हो। योसँगै इरानले सेमिफाइनलमा पुगेको छ।
नेपालले भने ४ खेलबाट ६ अंकसहित प्रतियोगिता सकाएको छ।
नेपालले पहिलो खेलमा जन्जिबरलाई ५८–१६ ले हराएको थियो। पोल्यान्डलाई ६३–२५ ले पाखा लगाउँदै फराकिलो जित निकालेको नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईलाई ३१–१५ को नतिजा सुम्पिएको थियो।
तर, चौथो खेलमा केन्यालाई २८–२१ ले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको थियो। यद्यपि, नेपाल सेमिफाइनल पुग्न असफल रह्यो।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)