युवा डिफेन्डर रामसे अनुबन्ध गर्दै लिभरपुल
बिहिबार, असार २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले १८ वर्षीय डिफेन्डर काल्भिन रामसे अनुबन्ध गरेको भएको छ ।
लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गर्ने भएको हो ।
एबरडीनले राइट ब्याक रामसे अनुबन्धका लागि लिभरपुलले राखेको ४.५ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेको छ ।
लिभरपुलले रामसेसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
रामसेले गत सिजन ३३ खेल खेलेका थिए ।
उनले स्कटल्याण्डको यू-२१ टोलीबाट खेलिसकेका छन् ।
लिभरपुलले यस समरमा तेस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि लिभरपुलले युवा फरवार्ड डार्विन नुनेज र फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको गरिसकेको छ ।
युवा डिफेन्डर रामसे अनुबन्ध गर्दै लिभरपुल







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




