लुकाकु फर्कनेमा इन्टर आशावादी

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकु क्लब फर्कनेमा आशा राखेको छ ।
इंग्लिस क्लब चेल्सीले लोनमा अनुबन्धका लागि गरेको प्रस्ताव अस्विकार गरेपनि इन्टर लुकाकु अनुबन्धित हुनेमा आशावादी देखिएको छ ।
२९ वर्षीय लुकाकु अनुबन्धका लागि पछिल्लो समय सिरी ए क्लब इन्टरले निकै चाँसो देखाएको छ ।
लुकाकु पनि इन्टर फर्कन चाहिरहेका छन् । उनले यस अघि एक अन्तर्वार्तामा चेल्सीमा खुशी नभएको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएका थिए ।
लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुन: अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।
लुकाकु सात वर्षपछि चेल्सी फर्किएका थिए । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए ।
चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।
सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




