स्वदेश फर्किए राष्ट्रिय फुटबल टिम
बिहिबार, असार २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन्।
नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरे।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी भने घर कुवेतमै बसेका हुन् ।
कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो ।
समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
मंगलबार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको थियो ।
स्वदेश फर्किए राष्ट्रिय फुटबल टिम







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




