• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
चुनावी मैदानमा मछिन्द्र र मनाङ !
खेलपाटी संवाददाता
बुधबार, असार १, २०७९ खेलपाटी संवाददाता
चुनावी मैदानमा मछिन्द्र र मनाङ !
मनाङका विजय घले र मछिन्द्रका अनिल श्रेष्ठ (दायाँ) । फोटो : खेलपाटी

काठमाडौं । सधै मैदानमा देखिने मछिन्द्र र मनाङको प्रतिस्पर्धा यस पटक चुनावसम्मै तन्किएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वका लागि असार ६ गते निर्वाचन हुदैछ । घरेलु फुटबलका दुई ठुला क्लब मछिन्द्र र मनाङ चुनावी प्रतिस्पर्धामा आमने सामने हुदैछन् । मैदानमा मात्र देखिने दुई क्लबको चुनावी प्रतिस्पर्धा फुटबलको नेता बन्ने दौडसम्म आईपुगेको छ । 

मछिन्द्र क्लबका अनिल श्रेष्ठ र मनाङ क्लबका विजय घले चुनावी प्रतिस्पर्धामा छन् । दुवै जना फरक प्यानलबाट केन्द्रिय कार्यसमिति सदस्यका लागि भिड्दैछन् । मछिन्द्रका अनिलले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानल रोजेका छन्, मनाङका विजय वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानलमा पुगेका छन् । विजयले यसअघि शेर्पा प्यानलबाट केन्द्रिय सदस्य जितेका थिए । नेतृत्वसँग असमझदारी बढेसँगै उनी शेर्पाबाट टाढिए । अनिल पहिलो पटक एन्फाको चुनावमा सहभागी हुदैछन् ।

पछिल्लो समय घरेलु फुटबलको सबैभन्दा ठुलो क्लब हो, मछिन्द्र । लगातार दुई पटक लिग उपाधि जित्दै मछिन्द्रले घरेलु फुटबलमा आफुलाई नयाँ शक्तिको रुपमा उभ्याएको छ । मछिन्द्रको यस सफलताका मुख्य मास्टरमाइन्ड हुन्, अनिल श्रेष्ठ ।

व्यवसायीक रुपमा ठुला प्रायोजकलाई क्लबमा छिराएर फुटबलको नयाँ शक्तिको रुपमा उनले मछिन्द्रलाई उभ्याएका छन् । फुटबलप्रतिको लगाव र प्रतिबद्धताले मछिन्द्रलाई घरेलु फुटबलको नम्बर एक क्लब बनाएको छ । नेपाली फुटबल र एन्फाको कार्यशैलीबाट असन्तुष्ट अनिलले यस पटक आफै फुटबल संघ छिर्ने निर्णय गरे । क्लबले उनलाई शेर्पा प्यानलबाट केन्द्रिय सदस्यको उम्मेदवार बनाउने निर्णय गर्यो । उनी एन्फा छिरेर क्लब फुटबल र राष्ट्रिय फुटबललाई बलियो बनाउने चाहना रहेको बताउँछन् ।

‘जबसम्म क्लब फुटबल राम्रो बन्दैन, देशको राष्ट्रिय टिम बलियो हुदैन । खेलाडीलाई अधिकतम भन्दा अधिकतम सुविधा दिएर लिगलाई व्यवस्थित गर्न सकियो भने फुटबलको विकास गर्न सकिन्छ भन्ने लाग्छ । एन्फामा मौका पाएभने मेरो प्रयास त्यही रहन्छ ।’ उनले खेलपाटीसँग भने । 

एन्फा चुनावमा मनाङसँगको प्रतिस्पर्धाको विषयमा अनिल भन्छन्, ‘दुवै क्लब फुटबललाई कसरी राम्रो बनाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौं । एनएसएलको विवादको दौरान विजयले क्लबको पक्षमा अडान राखे । मैदानको प्रतिस्पर्धा एउटा विषय हो, दुवै क्लब र उम्मेदवारको सोच फुटबल राम्रो बनाउनेनै हो । त्यसैले लागि हामीले मेहनत गरिरहेका छौं ।’

घरेलु फुटबलमा मनाङ सबैभन्दा सफल क्लब हो । कीर्तिमानी लिग उपाधि उसैले जितेको छ । मनाङ घरेलु फुटबलमा एउटा लिगेशी बोक्छ । मैदानमा मनाङको आफ्नै परिचय र योगदान छ । त्यही मनाङले फुटबलको नेताको रुपमा अघि बढाउन चाहेको नाम विजय घले हो । उनी दोस्रो पटक एन्फाको केन्द्रिय सदस्यमा दाबेदारी प्रस्तुत गर्दैछन् ।

अघिल्लो पटक उनी शेर्पा प्यानलबाट केन्द्रिय सदस्य जितेका थिए । यसपटक परिस्थिती फरक बन्यो । चैतमा एनएसएलको आयोजनाको विवाद निकैनै चर्कियो । एन्फाले घरेलु फुटबलको तालिकालाई व्यवस्थापन गर्न नसक्दा एनएसएलको चेपुमाका काठमाडौंका ठुला क्लब परे । आफुलाई बाईपास गरेर आफ्ना क्लबका खेलाडी अर्को लिगले लैजादै गर्दा घले चुप बस्न सकेनन् । एन्फा नेतृत्वसँग उनको चर्काचर्कीनै पर्यो । समस्यालाई नेतृत्वले ठिक ढङ्गले व्यवस्थापन गर्न नसकेको भन्दै उनले विरोध गरे । त्यही विवादले राजनीतिक रुप लियो, दुवैलाई फरक कित्तामा उभ्याईदियो । ‘आफ्नो व्यवस्थापन र फाईदाका लागि नेतृत्वसँग मिलेर बस्न सकिन्थ्यो होला तर क्लबको भविष्यका लागि सम्झौता गर्न मनले मानेन । त्यही भएर फरक कित्तामा उभिने निर्णय लिए ।’ घले भन्छन् । 

मछिन्द्रसँगको प्रतिस्पर्धाको सन्दर्भमा घले भन्छन्, ‘दुवै फुटबलको विकासमा समर्पित क्लब हुन् । दुवैले क्लब फुटबललाई राम्रो र सफल बनाउन सहयोग गरिरहेका छौं । मछिन्द्रले समेत पछिल्लो समय फुटबलमा राम्रो प्रगति गरेको छ । त्यसैले राम्रो मान्छे फुटबलमा आउनु सुखद कुरा हो ।’
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP