एनएसएल भदौं २५ बाट गर्न एन्फाको अनुमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) भदौं २५ देखि आयोजना गर्न अनुमति दिएको छ ।
एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि भदौं २५ देखि कात्तिक ५ गते सम्मको लागि स्वीकृति प्रदान गरेको हो ।
पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो ।
एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।
यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।
यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।














-1763024272658.jpeg&w=3840&q=75)