काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर नेमान्जा माटिच इटालियन क्लब रोमामा अनुबन्ध हुने भएका छन् ।
सर्बियन मिडफिल्डर माटिचलाई रोमाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
रोमासँगको सम्झौताका लागि माटिच इटालीको रोम आईपुगेका छन् ।
माटिचले सिजनको अन्त्यसँगै क्लब छाडेका थिए ।
३३ वर्षीय मिडफिल्डर माटिच २०१७ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
माटिचले युनाईटेडका लागि १ सय ८३ खेल खेलेका छन् ।
