काठमाडौं । इंग्लिस क्लब लिभरपुलले उरुग्वेका युवा फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
लिभरपुलले बेन्फिकाबाट फरवार्ड नुनेजलाई अनुबन्ध गर्न लागेको हो ।
२२ वर्षीय फरवार्ड अनुबन्धका लागि लिभरपुलले बेन्फिकासँग सहमति गरिसकेको छ ।
बेन्फिकाले नुनेज लिभरपुलमा अनुबन्धित हुने पुष्टि गरेको छ ।
लिभरपुलसँग नुनेजले ६ वर्षको सम्झौता गर्ने बताईएको छ ।
नुनेजले गत सिजन बेन्फिकाका लागि ४१ खेल खेल्दै ३४ गोल गरेका थिए ।
उनले उरुग्वेका लागि ११ खेल खेलिसकेका छन् ।