काठमाडौं । इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनी एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् ।
लस एन्जलसले साजिक संजालबाट केलिनीलाई अनुबन्ध गरिएको जनाएको छ ।
केलिनीलाई लस एन्जलसले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युभेन्ट्सका कप्तान समेत रहेका केलिनीले सिजनको अन्त्यसँगै सिरी ए क्लब छाडेका थिए ।
३७ वर्षीय डिफेन्डरले १७ वर्षपछि युभेन्ट्स छाडेका हुन् ।
सेन्टर ब्याक केलिनीले युभेन्ट्सका लागि ९ सिरी ए र पाँच कोपा इटालिया जितेका छन् । उनी २००५ मा फियोरेन्टिनाबाट युभेन्ट्स आएका थिए ।
केलिनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा समेत गरिसकेका छन् ।