संस्कृतिको जित
बिहिबार, जेठ २६, २०७९खेलपाटी संवाददाता
काठमाडौं । आयोजक संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार जित हात पारेको छ ।
स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७–२ ले पराजित गर्यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोडिन् ।
गल्र्समै काठमाडौं वल्र्ड स्कुलले केभीकेएसएसलाई १२–२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७–२ ले हराए । काठमाडौं वल्र्ड स्कुलकी सिलोह लामाले ५ तथा काष्ठमण्डपकी राजभी श्रेष्ठले ६ स्कोर गरे ।
दोहोरो जित निकालेको काठमाडौं वल्र्डले मातृभूमिलाई २३–१३ ले पन्छायो । विजेताका सफल थपलियाले ९ अंक जोडे ।
संस्कृतिको जित










-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

