• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ओमानविरुद्ध नेपाल : म्याच प्रिभ्यु 
हेम राज हमाल
बिहीबार, जेठ २६, २०७९ हेम राज हमाल
ओमानविरुद्ध नेपाल : म्याच प्रिभ्यु 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ ।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति ९:१५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । अँझ भनौं पछिल्लो समय नेपालको लागि ओमान हरेक सिरिजमा ठुलो चुनौती बनिरहेको छ ।

लिगमा रहेका सात टोलीमध्ये सबै भन्दा कम खेल खेलेको नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ ।

नेपालको आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोट खेल्ने योजना पछिल्लो समय त्यति सोचेअनुरुप गईरहेको छैन ।

महत्वपुर्ण र एकदम निर्णायक मानिएका मोडमा नेपाल चुक्दै आइरहेको छ । त्यसैले आज अमेरिकाको धर्तीमा नेपाल उत्रिँदा उसलाई जित्नै पर्ने दबाब छ ।

ओमान हालसम्म ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्ष स्थानमा कायमै छ । पछिल्लो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध व्यहोरेको हारले उसलाई केहि झस्काएको छ । त्यसैले नेपाल थप सजक रहनुपर्ने छ । नेपाललाई शीर्ष तीनमा रहँदै एसोसियट राष्ट्रमा कमाएको सान जोगाई राख्नु बाध्यता छ ।

अभ्यास खेलहरुमा बलियो टिमविरुद्ध जित्न नसकेको पीडाले नेपाल केहि तर्सिएको बेलामा टिमको समीकरणनै बिग्रिनेगरि एकपछि अर्को झट्का पनि सहिरहेको छ ।

नेपालले आफ्ना प्रमुख र भरपर्दा २ जना युवा ओपनर कुशल भुर्तेल र आशिफ सेखलाई चोटको कारणले गुमाइसक्यो । यसको भर्पाईको निमित्त प्रशिक्षक पुबुदु दसानायाकेले आफ्ना पुराना हतियार सुवास खकुरेललाई अमेरिका बोलाए ।

सुवासले प्रतिस्पर्धात्मक अन्तराष्ट्रिय क्रिकेटमा नियमित नखेलेपनि टोलीसंगै प्रशिक्षणमा सामेल भने हुने गरेका छन् । उनी सन् २०१७ पछि राष्ट्रिय टोलीमा फर्केका छन् आकस्मिक रुपमा । उनको अनुभवको नेपालले फाइदा उठाउनु पर्छ साथै सुवास पनि आफ्नो पुनरागमनको बलियो सन्देश दिन लालायित छन् ।

मध्येक्रममा देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, बिनोद भण्डारी, आरिफ सेख लगायतका टेक्निकल र सुन्दर ब्याटिङमा निपुण ब्याटरहरुले राम्रो सुरुवात पाएको खण्डमा नेपालको ब्याटिङ चिन्ता निकै कम हुनेछ ।

रोहितले पछिल्लो अभ्यास खेलमा सानदार शतक प्रहार गरेर आफ्नो लय देखाइसकेका छन् । तल्लोक्रममा करण केसी, आदील अन्सारी,बिक्रम सोब  जस्ता खेलाडीले सबैकुरा सहि चल्यो भने ओमानी बलरहरुको दिन खराब बनाउने सामर्थ्य राख्छन् । 

बलिङ नेपालको प्रमुख बिभाग हो ।  नेपालको बलिङ उच्च स्तरको मानिन्छ । सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, किशोर महतो, सुसन भारी, सागर ढकाललाई ओमानको बलियो ब्याटिङ रोक्नु पर्ने चुनौती छ ।

बिशेष गरि जतिन्दर सिंह, बिलाल खान, जिशन मक्सुद जस्ता अनुभवी खेलाडीहरु नेपालको लागि सधैँ टाउको दुखाइ बन्दै आईरहेका छन् । बिलाल खान, खबर अलिको घातक बलिङबाट नेपाली ब्याटर बच्नुपर्नेछ । 

'हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्छ र यदि हामीले आफ्नो उत्कृष्ट खेल्यौं भने म विश्वस्त छु कि हामीले यो टुरका सबै खेल जित्नेछौं र जित्ने कीर्तिमानमा सुधार गर्नेछौं,' नेपालका प्रशिक्षक पुबुदु खेल अघि ढुक्क छन् ।

'म हाम्रो एकदिवसीयस्थितिको बारेमा चिन्तित छैन किनकि हामी यसलाई कायम राख्न सक्छौं । तर,  सही दिशामा अघि बढ्नु र शीर्ष तीन स्थान सुरक्षित गर्नु अहिलेको प्रमुख विषय हो,' पुबुदु आशावादी देखिए ।

सन् २०१६ देखि २०१९ सम्म अमेरिकी टोलीको प्रशिक्षक रहेको कारण यहाँको अवस्थासँग उनी परिचित छन् त्यसैले नेपालले राम्रो गर्नेमा बिश्वास गर्न सकिन्छ ।

ओमान भर्सेस नेपाल- हेड टु हेड :

नेपाल र ओमानबीच एकदिवसीय अन्तराष्ट्रियमा हालसम्म चार खेल भएको छ । जसमा ओमान नेपालमाथि हाबी देखिन्छ । ओमानले एकदिवसीय खेलमा तीन खेल जितेको छ भने नेपाल मात्र एक खेलमा विजयी भएको छ ।

पिच रिपोर्ट :

यस अघिको खेल हेर्दा क्रिकेट मैदानको पिचले ब्याट्सम्यान र बलर दुवैलाई धेरै ग्रिप दिनेछ । ब्याट्सम्यानहरूले पिचमा राम्रो औसत स्कोर बनाएका छन् । यद्दपि बलरहरूलाई नियमित विकेट लिन अलि गाह्रो हुनेछ ।

ओमान भर्सेस नेपाल अन्तिम नतिजा :

खेल्ने शैली र खेल तथ्याङ्कलाई ध्यानमा राख्ने हो भने प्रतियोगितामा जित हासिल गर्ने टोली ओमान हो तर नेपाल ओमानको तुलनामा धेरै जित्ने पर्ने दबाबमा छ । पुवुदुको यहाँको कन्डिसनसँगको इतिहासलाई हेर्दा एउटा जितको फ्याक्टर हुन सक्छ । त्यसैले नेपाल आफ्नो उत्कृष्ट खेल मार्फत जित हासिल गर्न सक्छ ।  ( खेलपाटी अनुमान )

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP