काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी एसियन कप-२०२३ आयोजनाका लागि आयोजक राष्ट्रको बोलपत्र आह्वान गरेको छ ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेश गर्न सूचना निकालेको छ ।
चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको खोज्न थालेको हो ।
कोभिड-१९ को महामारीको कारण देखाएर चाईनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।
एएफसीले एसियन कप आयोजनाका लागि जुन३० सम्म दाबी पेश गर्न सकिने जनाएको छ ।
एएफसीले दाबी गरेका राष्ट्रबाट एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिनेछ
यस अघि एएफसीले २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । तर, कोभिडको कारण चीनले आयोजना नगर्ने भएको हो ।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।