काठमाडौं । राल्फ राङनिकले म्यानचेस्टर युनाइटेडमा व्यवस्थापकको भूमिकामा छ महिना बिताए । यो समय कस्तो रह्यो त ? उनी हट्नुको अर्थ म्यानचेस्टरका लागि के हो त ? यो निकै गहन विश्लेषणको विषय बनेको छ, क्लब इतिहासमै । उनी विश्व फुटबलका कहलिएका प्राविधिक निर्देशक हुन्, अझ भन्दा फुटबलका विद्वान । तर उनले त्यस अगाडि कुनै पनि व्यवस्थापकको भूमिका भने निभाएका थिएनन् । नोभेम्बरको अन्त्यतिर ओल गन सोल्सार वर्खास्त भएपछि उनलाई क्लबको जिम्मेवारी दिइएको थियो ।
राङनिक आएयता टिमको प्रदर्शनमा केही सुधार के देखिएको थियो, तर त्यो स्थायी रहेन् । च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडसँग पराजित रह्यो भने इंग्लिस प्रिमियर लिगका पछिल्ला नौ मध्ये दुई खेलमा मात्र जित, यो क्लब इतिहासमै खराव प्रदर्शन थियो । त्यसमाथि यसबीच ब्राइटनको हातबाट ४–० को हार । नयाँ सिजनकै लागि भनेर पनि म्यानचेस्टरले राङनिकलाई दुई वर्षको सल्लाहकार पदको प्रस्ताव राखेको थियो, त्यसलाई उनी स्वंयले स्विकार गरेनन्।
खासमा उनी निमित्त व्यवस्थापक भएर म्यानचेस्टर आएका थिए । अब सोल्सारको स्थानमा स्थायी रूपमा एरिक टेन हाग आएका छन् । यी ६३ वर्षीय जर्मन राङनिकले म्यानचेस्टरमा छ महिना बिताउँदा के कस्तो सोच बनाएका थिए, त्यो टेन हागलाई जानकारी हुने त पक्कै भएन् । अझ भन्दा उनलाई राङनिकको सल्लाहको पनि आवश्यकता हुने छैन् । म्यानचेस्टर पूर्णत: राङनिकबाट अगल हुनुलाई के क्लबको भलोकै रूपमा ब्याख्या गर्न सकिन्छ त ?
धेरै हदसम्म यो ठीक हो । जति जति बेला म्यानचेस्टरको प्रदर्शन खराव खराव हुँदै थियो, राङनिकले त्यसको चर्को आलोचना गर्न थाले र जति जति बेला उनको मिडियासँग भेट हुन्थ्यो, उनले टिमका कहाँ कतानिर कमजोरी छ भनेर त्यसको ब्याख्या गर्न थाले । जुन पक्कै आवश्यक थिएन् । उलने सबैका सामु भनेका छन्, अर्को सिजन म्यानचेस्टरले प्रिमियर लिगमा राम्रो गर्ने हो भने ठ्याक्कै १० बराबरको नयाँ खेलाडीलाई अनुबन्ध गर्न पर्नेछ ।
उनको दाबी छ, म्यानचेस्टरलाई शारीरिक रूपमा भिडेर खेल्न सक्ने खेलाडी पनि चाहिन्छ । अझ उनले के पनि भनेका छन् भने नयाँ राम्रा खेलाडी किन्ने प्रक्रिया कुनै ‘रकेट साइन्स’ पनि होइन् । यो विषयमा टेन हाग सहमत छन् अथवा छैनन्, त्यो त बाहिर आएको छैन्, तर कम्तीमा राङनिकका ती दाबीबारे उनले खासै बोल्न चाहेनन् । उनले खालि त्यति भनेका थिए, ‘यो काम त क्लबको हो, यसबारे धेरै बोलिरहनु खासमा आवश्यक छैन् ।’
अहिले के देखिएको छ भने म्यानचेस्टर टेन हागलाई काम गर्न बढी भन्दा बढी स्वतन्त्रता दिन चाहन्छ र त्यस्तो विधि तयार पार्न चाहन्छ, जसको मदतले ठीक खेलाडीको ठीक समयमा विकास गर्न सकोस । त्यस अर्थमा धेरैले म्यानचेस्टर अहिले ठीक बाटोमा लागेको मानिरहेको छ । एउटा खास प्रशिक्षकलाई विश्वास गरेर अगाडि बढ्ने । अनि अहिल तत्काल क्लबमा रहेका कमजोरीबाट मिडियामा धेरै नबोल्ने । सायद राङनिकले म्यानचेस्टरमा यो र त्यो कमजोरी छ भनेर धेरै बोले कि ? उनीसँग टाढिनु म्यानचेस्टरका लागि राम्रै हुनेछ ।
–बीबीसीको सहयोगमा ।