काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छाड्न चाहेको पुष्टि गरेका छन् ।
लेवान्डोस्कीले सोमबार पत्रकार सम्मेलनबाट आफुले क्लब छाड्न चाहेको पुष्टि गरे ।
'एउटा कुरा निश्चित छ, बायर्नसँगको मेरो कथा सकियो,' लेवान्डोस्कीले भने, 'मलाई थाहा छ कि स्थानान्तरण दुबै पक्षका लागि उत्तम समाधान हुनेछ।'
बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहेको छ ।
तर,३३ वर्षीय लेवान्डोस्कीले जर्मन क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताईसकेका छन्।
पोलिस स्ट्राइकर स्पेनिस क्लब बार्सिलोना जाने चर्चा छ ।
उनी २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका हुन् ।