काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर कोरेन्टिन टोलिसोले क्लब छाडेका छन् ।
बायर्नले सोमबार फ्रान्सेली मिडफिल्डर टोलिसोले क्लब छाडेको जनाएको छ ।
बायर्नमा पाँच वर्ष बिताएर उनले क्लब छाडेका हुन् ।
२७ वर्षीय मिडफिल्डर २०१७ मा लियोनबाट बायर्न आएका थिए ।
बायर्नका लागि उनले १ सय १८ खेलमा २१ गोल गरे ।
बायर्नका लागि टोलिसोले ५ बुन्डेसलिगासहित च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जितेका थिए ।