काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको बालोन डी'ओर अवार्ड करिम बेन्जिमाले जित्ने बताएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सीले यस सिजन बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको कारण बालोन डी'ओरको हकदार रहेको बताए ।
मेस्सी कीर्तिमानी ७ पटकको बालोन डी'ओर विजेता हुन् ।
'बेन्जेमाको एक शानदार वर्ष रह्यो । मलाई लाग्छ कि उनले बालोन डी'ओर जित्नेमा कुनै शंका छैन,' मेस्सीले भनेका छन् ।
फ्रान्सका स्ट्राइकर बेन्जिमाले यस सिजन रियल मड्रिडका लागि च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेका छन्।
उनी ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता रहे ।
यस सिजन २७ गोल गर्दै बेन्जिमाले ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै पिचिचि अवार्ड जिते ।
यस्तै उनले च्याम्पियन्स लिगमा १५ गोल गरे ।