काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।
फ्रेन्च लिग वान फुटबलमा २०२१/२२ को उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।
फ्रान्सका स्ट्राइकर एमबाप्पेले लगातार तेस्रो पटक प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् ।
पीएसजीलाई च्याम्पियन बनाउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस सिजन एमबाप्पेले पीएसजीका लागि ३४ खेलमा २५ गोल गरिसकेका छन् ।
