काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई ३-१ गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा लाउटरो मार्टिनेजले दुई गोल गरे ।
खेलको २५ औं मिनेटमा माटियोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ५३ औं मिनेटमा चार्लाम्पोसले गोल गर्दै काग्लियारीलाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ८४ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।
जितसँगै इन्टरले उपाधि होड कायम राखेको छ ।
इन्टर ८१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
काग्लियारी २९ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।