काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा राफायल लियो र थियो हर्नान्डेजले एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा लियोले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले ३७ खेलमा ८३ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानको इन्टर भन्दा ५ अंकले अघि रहेको छ ।
अब उपाधिका लागि मिलानलाई ३ अंक आवश्यकता रहेको छ ।
एट्लान्टा ५९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।