काठमाडौं । स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडका फरवार्ड लुइस सुआरेजले क्लब छाड्ने भएका छन् ।
उरुग्वेका फरवार्डले यस सिजनको अन्त्यसँगै एट्लेटिको छाड्ने भएका हुन् ।
एट्लेटिकोले आइतबार सुआरेजले क्लब छाड्ने पुष्टि गरेको छ ।
३५ वर्षीय सुआरेज २०२० मा बार्सिलोनाबाट एट्लेटिको आएका थिए ।
एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर सुआरेजलाई क्लब भित्र्याएको हो ।
क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।
सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका थिए ।
सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।
सुआरेजले यस सिजन ३३ ला लिगामा ११ गोल गरेका छन् ।
यस्तै एट्लेटिकोले हेक्टर हरेराले समेत क्लब छाड्ने जनाएको छ ।