काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लेस्टरले वाट्फोर्डलाई ५-१ गोल अन्तरले हराएको हो ।
लेस्टरलाई जित दिलाउन जेमी भार्डी र हार्भे बर्नेसले दुई दुई गोल गरे ।
जेम्स म्याडिसनको नाममा एक गोल रह्यो ।
वाट्फोर्डका जोआ पेड्रोले एक गोल फर्काए ।
जितसँगै नवौं स्थानको लेस्टरले ३६ खेलमा ४८ अंक जोडेको छ ।
रेलिगेसनमा परेको वाट्फोर्ड २३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एस्टन भिल्ला र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका छन् ।
यस्तै लिड्स युनाईटेड र ब्राइटन तथा वुल्भ्स र नर्विचले पनि १-१ गोलको बराबरी खेलेका छन् ।