काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडसँग २-२ गोलको बराबरी खेलेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता घरेलु टोली वेस्ट ह्यामले बनाएको थियो ।
खेलको २४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा जारोडले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर बनाए ।

तर, खेलको ४९ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६९ औं मिनेटमा वेस्ट ह्यामका भाल्द्मिर कौफलले आत्मघाती गोल गरेपछि खेल २-२ गोलको बराबरीमा आयो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर प्राप्त गर्यो । तर, रियाद महरेजले पेनाल्टीमा गोल गर्न सकेनन् ।
रियादको पेनाल्टी वेस्ट ह्यामका गोलकिपर फाबियान्स्कीले उत्कृष्ट बचाऊ गरे ।

यस बराबरीसँगै सिटीले ३७ खेलमा ९० अंक जोडेको छ ।
सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ४ अंकले अघि रहेको छ ।
वेस्ट ह्याम ५६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।