काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले बर्नलीलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे ।
केनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यस जितसँगै टोटेनहम अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
टोटेनहमले ३७ खेलमा ६८ अंक जोडेको छ ।
बर्नली ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।