काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोविरुद्धको खेलमा गम्भीर चोट बोक्दै रोनाल्ड अस्पताल भर्ना भएका थिए ।
बार्सिलोनाकै गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड बेहोस भएर मैदानमा ढलेका थिए । मैदानमा प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियो ।
बार्सिलोनाले बुधबार रोनाल्डोको मेडिकल रिपोर्ट सामान्य रहेको र उनी अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
रोनाल्डो घाइते बनेको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेल्टा भिगोलाई ३-१ गोल अन्तरले हराएको थियो ।