काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा छैटौं जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार महाबिर क्लबलाई १-० ले हराउँदै आरसी ३२ ले छैटौं जित निकालेको हो ।
आरसी ३२ को जितमा विवेक सन्तोषीले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै आरसी ३२ ले ७ खेलमा १९ अंक जोडेको छ ।
आरसी ३२ शीर्ष स्थानमा उक्लिएको छ ।
महाबिरले ७ खेलमा ९ अंक जोडेको छ ।
अर्को खेलमा खालीबारी युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।