काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा स्ट्राइकर करिम एडिएमीलाई अनुबन्ध गरेको छ ।
नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने भएपछि डर्टमण्डले करिमलाई अनुबन्ध गरेको हो ।
२० वर्षीय करिमले डर्टमण्डसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२७ सम्म डर्टमण्डमा रहने छन् ।
डर्टमण्डले अस्ट्रियन क्लब आरबी साल्जवर्गबाट जर्मनीका करिमलाई अनुबन्ध गरेको हो ।