काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र भिल्ला रियलबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्लिस क्लब र स्पेनिस क्लबबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ।
घरेलु मैदानमा लिभरपुल भिल्लालाई हराउँदै फाइनल यात्रा सहज बनाउन चाहन्छ । तर, लिभरपुललाई भिल्लाविरुद्ध सहज भने हुने छैन ।
भिल्ला पनि घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ । प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलविरुद्ध भिल्लालाई जित निकाल्न कठिन संघर्ष गर्नु पर्नेछ ।
लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो ।
भिल्लाले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो ।
दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।