काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाका मिडफिल्डर ज्याकोब रामसेले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।
भिल्लाले २० वर्षीय मिडफिल्डर ज्याकोबले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरण गरेसँगै ज्याकोब २०२७ सम्म भिल्लामा रहने छन् ।
भिल्लाको एकेडेमीमा हुर्किएका ज्याकोबले सिनियर टोलीमा २०१९ मा वेस्ट ब्रुमविरुद्धको खेलबाट डेब्यु गरेका थिए ।
सन् २०२०/२१ को सिजन २२ खेल खेलेका उनी यस सिजन लगातार टोलीमा रहदै आएका छन् ।
उनले क्लबका लागि ५ भन्दा बढी गोल गरिसकेका छन् ।
ज्याकोबले इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलिसकेका छन् ।